बुद्धको उपचार पद्धति सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिनेछ : उपप्रम यादव

Facebook Debugger

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताएको छ ।

सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग ९गुगे० को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चरजस्तै सोवा रिग्पालाई पनि राज्यले वैकल्पिक तथा पूरक चिकित्सा पद्दतिको रुपमा महत्व दिँदै स्वास्थ्य ऐन २०७५ र विभिन्न स्वास्थ्यसम्बन्धी नीतिहरुमा व्यवस्था गरेको उल्लेख गरे ।

ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१ मा स्पष्ट रूपमा सोवा रिग्पा उपचार पद्धति उल्लेख गर्न छिमेकी मुलुकमा जस्तै नेपालमा पनि सोवा रिग्पा, होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर लगायतलाई समेटेर वैकल्पिक वा पूरक मेडिकल काउन्सिल, विभाग, अस्पताल स्थापना गर्न माग गरिएको छ ।

हिमाली भेगलगायत ७७ वटै जिल्लामा जिल्ला सोवा रिग्पा सेवा केन्द्र स्थापना गर्न, सातै प्रदेशमा सोवा रिग्पासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारहरूलाई यस विषयमा नीति तथा कार्यक्रम ल्याउन निर्देशन दिएर ग्रामीण क्षेत्रका जनतामा आफ्नो क्षेत्रका जडीबुटी संरक्षण र सङ्कलनमा हौसला बढाउन आवश्यक रहेको बताइएको छ । सोवा रिग्पा औषधिलाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने र माध्यामिक तहको पाठ्यक्रममा समावेश गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ ।

अध्यक्ष गुरुङ्गले ज्ञापनपत्र बुझाउँदै सरकारले नेपालका जडीबुटीहरूको अनुसन्धान, सङ्कलन र तिनको प्रशोधन गरी स्वदेशमा नै औषधि उत्पादन गर्न सकेमा देशमा आवश्यक पर्ने औषधि विदेशबाट आयात गर्नुपर्ने बाध्यताबाट राज्य केही हदसम्म मुक्त हुने तथा स्वदेशी औषधि विदेश निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

सोवा रिग्पा उपचार पद्धति हिमाली भू–भागमा बढी प्रख्यात छ भने हाल काठमाडौँलगायतका अन्य शहरमा विस्तार हुन थालेको छ । हिमाल, पहाड, तराईमा यसका प्रयोगकर्ता बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३० देखि ४० प्रतिशत र तराईमा २० प्रतिशत जनता अहिले पनि यस उपचार पद्दतिका प्रयोगकर्ता रहेका एशोसिएशनले जनाएको छ ।

Published On:  357पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार