५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

चैतभित्रै स्थानीय तहको चुनावः स्वास्थ्यमन्त्री थापा



कञ्चनपुर, १९ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले चैतभित्रै स्थानीय तहको चुनाव हुने निश्चित भएको बताउनुभएको छ ।

आज नेपाली काँग्रेस कञ्चनपुरका पार्टी कार्यकर्ता भेटघाटका क्रममा मन्त्री थापाले संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन आवश्यक भएको बताउँदै सरकारले जनतालाई अधिकतम राहत दिनका लागि कार्य गरिरहेको चर्चा गर्नु भयो ।

स्वास्थ्य मन्त्री थापाले आजै महाकाली अञ्चल अस्पतालको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री थापाले अञ्चल अस्पतालको रिक्त दरबन्दीमा विषेशज्ञ चिकित्सक पठाउने आवश्वासन दिनुभयो ।

Sagarmatha

नेपाली काँग्रेस कञ्चननपुरका कार्यकर्ताले अस्पतालको दयनीय अवस्थाबारे गम्भीर भइदिन समेत आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : १९ आश्विन २०७३, बुधबार  ६ : ०७ बजे