प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा

Facebook Debugger

पोखरा । नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा ७ लाख ९ हजार १३५ सहित सामाजिक काममा १० लाख ५४ हजार ६५५ खर्चेको जानकारी दिए ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उनले जानकारी दिए । यसका साथै आफ्नो पहलमा सङ्घ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको उनले बताए ।
विकास निर्माणमा यो वा त्यो पार्टी नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले प्रदेशसभाको निर्वाचन पछिको १६ महीनामा जनताका अपेक्षा पूरा हुन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको उल्लेख गरे ।

Published On:  177पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार