निर्धारित समयमै निर्वाचन ः उपप्रधानमन्त्री निधि

Facebook Debugger

काठमाडौँ, २० असोज । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै तीन तहको निर्वाचन गरिने बताउनुभएको छ ।

नेपाल प्रहरीको ६१औँ स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले निर्वाचन समयमै गराउनु सरकारको प्राथमिकता रहेकाले त्यसअनुरुप काम अघि बढाइएको उल्लेख गर्नुभयो ।

उहाँले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनै तहको निर्वाचन सम्पन्न गराउन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले सुरक्षा, सामाजिक सेवा तथा भौतिक पूर्वाधारमा प्रहरी सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले परिवर्तित सन्दर्भमा प्रहरी सङ्गठनले आफ्नो दायित्व र भूमिकालाई सक्दो निर्वाह गर्दै आएको बताउनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार