नेकपा सोलुको स्थानीय तह भागबण्डा ? कस्को पोल्टामा कति ?

1.4k Shares

सोलुखुम्बु । लामो समयको कसरतपछि नेकपाको कार्यदलले सोलुखुम्बुका सबै स्थानीय तहको नेतृत्वको भागबण्डा मिलाएको छ । जिल्लाको सबै तहको नेतृत्व चयनका लागि बनेको कार्यदलले ४-४ वटा स्थानीय तह पुर्व एमाले र पूर्व माओबादीका विचमा नेतृत्व बाँडफाँड गरेको हो ।

पूर्व एमालेको भागमा सोलुदुधुकुण्ड नगरपालिका, नेचासल्यान, सोताङ र खुम्बु पासाङल्हमु गाउँपालिका पर्दा पूर्व माओबादीले थुलुङदुधकोशी, माप्यदुधकोशी, महाकुलुङ र लिखुपिके पाएको छ । भागबण्डामा लिएका स्थानीय तहमा सचिव भने अर्को समुहबाट हुने श्रोतले जनाएको छ । पुर्व एमालेले अध्यक्षका लागि सोलुदुधकुण्ड नगरपालिकामा रामकाजी श्रेष्ठ, नेचासल्यानमा जगनाथ बाँस्तोला, सोताङमा प्रकाश कार्की र खुम्बु पासाङल्हमुमा लाक्पा शेर्पा लाइ अगाडी सार्ने सम्भावना प्रबल रहेको उच्च स्रोतले जनाएको छ ।

पुर्व माओबादी आफ्नो भागमा पाएको स्थानीय तहको अध्यक्षका लागि थुलुङदुधकोशीमा घनश्याम नेपाली, माप्यदुधकोशीमा गौरब राई, महाकुलुङमा संकल्प किराँती र लिखुपिकेमा शंकर बस्नेतलाई उभ्याउने गरि आन्तरिक कसरत शुरु गरेको स्रोतको दाबी छ । ५२ वटा वडा रहेको जिल्लामा ३७ वटामा पुर्व एमाले र १५ वटामा पुर्व माओबादीले वडा कमिटि अध्यक्ष लिने गरि मोटामोटि सहमति भईसकेको छ । हिमाल एफ. एम.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार