विश्वको आधा जनसंख्यामा अत्यावश्यक स्वास्थ्य सेवा छैन

Facebook Debugger

काठमाडौँ । विश्वको आधा जनसङ्ख्या अझै अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेका छैनन् । विश्व स्वास्थ्य सेवा दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा सो कुरा बताइएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले १० करोड जनसंख्या प्रतिदिन १.९० अमेरिकी डलर वा सोभन्दा कम खर्चमा जीवनयापन गर्नुपर्ने अवस्थामा छ । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरूकै रूपमा रहेको स्वास्थ्य सेवामा पहुँचका लागि प्रयत्न गर्ने सहमति जनाएको बताए ।
दक्षिण एसियाली क्षेत्रमा करिब ८० करोडसँग अझै पनि अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । त्यस्तै, आम्दानीको अधिकांश हिस्सा औषधि उपचारमै खर्च हुनेहुँदा ६ करोड ५० लाख जनसङ्ख्या गरीबीमा धकेलिएको बताइएको छ । नेपालमा हाल स्वास्थ्य सेवामा हुने खर्चको प्रतिशत अनुसार आफ्नै खल्तीबाट खर्च हुने रकमको प्रतिशत ५५.४५ छ । नेपालमा स्वास्थ्य क्षेत्रमा नसर्ने रोग र चोटपटकले ठूलो व्ययभार सिर्जना गरेको छ । नेपालमा रोग उत्पन्न भारको मुख्य कारक नसर्ने रोग रहेको भन्दै शर्माले दोस्रो र तेस्रो स्थानमा क्रमशः सरुवा रोग, मातृ सेवा तथा पौष्टिक अभाव तथा चोटपटक रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य सेवामा सुधार जरूरी भएको बताए । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउनु चुनौति रहेको भन्दै सबैले स्वास्थ्य सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताए । उनले चालू आर्थिक वर्षभित्रमा सरकारले स्वास्थ्यमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ देशभर एक हजार दुई स्वास्थ्य चौकी निर्माणको काम सुरु गरेको बताए ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

Published On:  179पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार