कुलमान नेतृत्वको विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

168 Shares

काठमाडौं । कान्तिपुरले कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरणमा झण्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको लेखेको छ । प्राधिकरणका सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा गठित समितिले आठ क्षेत्रीय कार्यालयमध्ये सबैबाट यसरी उठ्नुपर्ने रकम चुहावट भएको निष्कर्ष निकालेको हो ।

महसुल निर्धारणका क्रममा उक्त रकम अनियमितता भएको दाबी कान्तिपुरको छ । लोडसेङिका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वभाविक रूपमा महसुल छुट दिएको भेटिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
कान्तिपुर लेख्छ– छानबिन गरी झण्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ अर्ब २९ करोड ३८ लाख ६१ हजार ४ सय ८ रुपैयाँ हुने भनी उल्लेख छ । पछिल्लो १ वर्षमा २ अर्ब ५७ करोड थप नोक्सानी भएको छ ।
२०७२ असार १२ गते प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन लिने ग्राहकका लागि नियमित महसुलमा ६० प्रतिशत अतिरिक्त शुल्क लाग्ने निर्णय गरेको थियो । त्यसै आधारमा प्राधिकरणले ०७३ साउन १ देखि लोडसेडिङको मार नपर्ने गरी डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् सेवा लिनेलाई अतिरिक्त शुल्कसमेत लिनुपर्ने भनी विद्युत् महसुल संकलन विनियम २०७३ जारी गर्यो । त्यही विनियमअनुसार नियमित महसुलका साथै अतिरिक्त शुल्कसमेत जोडेर बिल दिनुपर्नेमा प्राधिकरणका विभिन्न शाखाले सामान्य बिल मात्र जारी गरेको स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार