टवीटर सीईओको तलब वार्षिक डेढ डलर मात्र !

140 Shares

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले सन् २०१८ मा कम्पनीबाट यति कम तलब बुझे कि जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । हुन त उनले सन् २०१५ मा दोस्रोपटक सीईओ बनेसँगै ट्वीटरबाट कुनै तलब सुविधा लिएका थिएनन् । तर सन् २०१८ मा उनले ट्वीटरबाट कूल १ डलर ४० सेन्ट तलब बुझेका छन् । पछिल्लो चार वर्षमा उनले तलब लिएको यो पहिलोपटक हो ।

ट्वीटरले अमेरिकाको सेक्योरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई बुझाएको रिपोर्ट अनुसार सीईओ डोर्सीले सन् २०१८ को वर्षभरमा जम्मा १.४० डलर तलब पाएका हुन् । ट्वीटरका सह–सस्थापकसमेत रहेका डोर्सी कम्पनीको सुरुवातताका दुई वर्षसम्म ट्वीटरको सीईओ थिए । सन् २००८ मा उनले उक्त पद छाडे । त्यसपछि सन् २०१५ मा उनले पुनः ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको पद सम्हाले ।
त्यसपछि उनले सन् २०१५, २०१६ र २०१७ मा ट्वीटरबाट कुनै तलब सुविधा लिएनन् । डोर्सीले सन् २०१८ मा ट्वीटरबाट लिएको १.४ डलरको तलब मात्र होइन उनले अर्को कम्पनी स्क्वाएरबाट बुझ्ने तलब पनि यस्तै अपत्यारिलो छ । मोबाइल पेमेन्ट कम्पनी स्क्वाएरबाट उनले वार्षिक २ डलर ७५ सेन्टमात्र तलब बुझ्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार