यसरी तोडियो युट्युबमा गंगनम स्टाइलको रेकर्ड ? [भिडियोसहित]

Facebook Debugger

एजेन्सी । दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको रेकर्ड छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।

पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।
स्मरण रहोस् कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो । पछिल्लो पटक यो ब्याण्डले ल्याएको किल दिस लभ गीतले युट्युब भ्युजको मामिलामा केवल कोरियामा मात्र होइन विश्वव्यापी रुपमै किर्तिमान कायम गर्न सफल भएको छ । यो गीत अंग्रेजी र कोरियन दुवै भाषामा रहेको छ ।

Published On:  210पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार