४ अर्ब राख्न नागरिक लगानी कोषले बैंक खोज्दै

Facebook Debugger

काठमाडौं । नागरिक लगानी कोषले करोडौं रुपैयाँ थन्क्याउन बैंकको खोजी थालेको छ । सरकारी तथा निजी कर्मचारीहरूको रकम बचत गर्दै आएको कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्न बैंकको खोजी गरेको हो ।

कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी थालिएको कोषको लगानी महाशाखाले जनाएको छ । निक्षेपमा लगानी गर्न कोषले मापदण्ड तोकेको छ । महाशाखाका अनुसार, नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र मुद्दति निक्षेपमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।
कुल चुक्ता पुँजी ८ अर्ब र्पुयाउन लागेको कोषले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन योग्यता पुगेका बैंकहरुलाई आहृवान गरेको छ । प्रस्ताव ०७६ वैशाख १ गतेसम्म बुझाउन सकिनेछ । कोषले मुद्दति निक्षेप लगानीका लागि बैंकहरुलाई आहृवान गर्ने गरेको छ । यसअघि गत माघमा कोषले २ अर्ब ९० करोड रुपैयाँ यसैगरी आवेदन मागेर थन्क्याएको थियो ।

Published On:  158पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार