ईटहरी चारकोेशे जंगलमा दुर्घटना हुँदा ३ को मृत्यु ७ जना घाइते

231 Shares

धरान । कोशी राजमार्गको ईटहरी धरान सडक खण्डको चारकोशे जंगलमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

शनिबार बिहान १ बजेको समयमा चारकोशे जंगलको सेउती पुल देखि धरान तर्फ भएको सवारी दुर्घटनामा परि बा २० च ४०७६ को कारमा सवार ईटहरी ४ का अनिल श्रेष्ठ, सोही ठाउँ बस्ने मदन लिम्बु र महालक्ष्मी ४ धनकुटाका जनक बुढाथोकिको मृत्यु भएको छ । कारका चालक सुन्दरहरैचा मोरङका गोबिन्द बस्नेत गम्भीर घाइते भएका छन्, भने अन्य ७ जना सामान्य रहेका छन् । घाइतेहरुको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।
ट्राफिकको अनुसार धरानबाट ईटहरी तर्फ जादै गरेको कार र मे १ त ६६९२ नम्बरको टयाक्टर एक आपसमा जुध्दा ईटहरी तर्फ बाट आउदै गरेको को १ ख ४७६१ नम्बरको बसमा ठोक्किदा अनियन्त्रित भई सवारी दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार