‘नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष’ : मुख्यमन्त्री राई

Facebook Debugger

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षको रुपमा रहने बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपील समेत गरेका हुन् ।

प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत वनाउने दायित्व हाम्रो काँधमा आएको छ, विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु, मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । नयाँ वर्षको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु, शुभकामना सन्देशमा भनिएको छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै उनले आर्थिक-सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व रहको बताएका छन् । वर्ष २०७५ संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एंव प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, भर्खरै र पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि प्राप्त गर्न दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।
नयाँ आशा, उमंग र उत्साह सहित नयाँवर्ष २०७६ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

Published On:  204पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार