‘राष्ट्रको निरन्तर समुन्नती, समृद्धि होस’ : उपराष्ट्रपति पुन

Facebook Debugger

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रको निरन्तर समुन्नती र समृद्धिमा देशबासी लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको बताएका हुन ।

‘नयाँ वर्ष २०७६ शुभारम्भको पावन अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै देश–विदेशमा रहनु भएका समस्त नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ नयाँ वर्ष नयाँ योजना, नवीन सोंच र नयाँ विचार सहित उत्साह उमंगका साथ मनाउन सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाईहरुलाई आग्रह गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।
‘वि.सं. २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर विदा भएको छ, वि.सं. २०७६ आर्थिक सामाजिक रुपान्तरण सहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धीहरुलाई सुदृढ् गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य हो । साथै, हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ् गरेर अगाडि बढनुपर्दछ ।’
‘नव वर्ष २०७६ को शुभारम्भले नेपालीहरुकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण जस्तो मुलूकको साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न उत्साह, उमंग प्रदान गर्ने विश्वास लिएको छु । साथै, नयाँ वर्षको अवसरमा मलाई तथा उपराष्ट्रपतिको कार्यालयमा शुभकामना सन्देश पठाउनु हुने सबै संघ, संस्था तथा महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ उपराष्ट्रपतिले भने ।

Published On:  220पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार