लुक्लामा समिट एयरको विमान दुर्घटना ३ को घटनास्थलमै मृत्यु, २ गम्भिर घाईते

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना गम्भिर घाईते भएको खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए ।

मृत्यु हुनेमा विमानस्थल सुरक्षा गार्डका लागि खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ,  पर्यटक प्रहरी असई रामबहादुर खड्का र समिट एयरका कोपाईलट सुदीप ढुंगानाको मृत्यु भएको हो । घाईते हुनेमा मनाङ एयर हेलिकोप्टरको क्याप्टेन टेकबहादुर गुरुङ र समिट एयरको क्याप्टेन रविनाथ रोकाय रहेको प्रवक्ता शेर्पाले बताए । घाइतेको उपचारका लागि काठमाडौं पठाइसकिएको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले बताए । समिट एयरको परिचारिका र २ जना यात्रु शकुसल रहेको समेत शेर्पाले बताए । विमानमा २ जना यात्रु र ३ जना क्रु मेम्बर सवार थिए ।

विमान लुक्लाबाट रामेछापको मन्थली उड्ने क्रममा रनवेबाट चिप्लिएर हेलिप्याडमा भएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Published On:  344पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार