काठमाडौं । २ वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयबासी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर स्थानीयबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक २ वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ्ग कन्सट्रक्सनले पाएको छ । तर, सात वर्ष पुगिसक्दा पनि काम सकिएको छैन । शैलुङ्ग कन्सट्रक्सनका प्रोपाइटर शारदा अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरभेटीसमेत हुन् । निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी समस्यामा पर्दै आएका छन् ।
सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको संघर्ष समितिले अबको पाँच महिनाभित्र सडक निर्माण गरिसक्न माग गरेको छ । व्यवसायीले तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र नाकाबन्दी गर्नेसम्मको आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिका संयोजक लामिछानेले चेतावनी दिए ।
प्रचण्डका ‘घरभेटी’ले भत्केपाटी-नगरकोट सडक अलपत्र पारेपछि …
84
Shares