मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दियो

Facebook Debugger

एजेन्सी । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट गर्दै ९२ रनमा समेट्यो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फ र कुशल मल्लले ३–३ तथा कलम सिंह ऐरीले २ विकेट लिए । सागर ढकालले १ विकेट लिँदा बाँकी १ खेलाडी रन आउट भए । मलेसियाका लागि लेज्यात डानियल फिक्वारीले सर्वाधिक ३७ रन बनाए । कप्तान मोहम्मद आमिरले १३ तथा विकेटकिपर हाकिम हारिसनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।
यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । यो सँगै अघिल्लो चरणको यात्रा नेपालको कठिन बनेको थियो। यता यूएईले आजै भएको अर्को खेलमा कुवेतलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदे उपाधि यात्रामा अघि बढेको छ । अब बाँकी खेलमा नेपालले जित र युएईले कुनै एक खेलमा हार भएको अवस्थामा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ ।
युएईले कुवेतलाई ५६ रनमा समेटेको थियो । ५७ रनको लक्ष्य युएईले २ विकेट गुमाएर मात्र ८ ओभरमा पुरा र्गयो । यो सँगै युएई तीन खेलबाट शतप्रतिशत जितसहित शीर्ष स्थानमा उक्लिएको छ । नेपालले यू–१९ मा मलेसियालाई पछिल्ला ५ खेलमा नै पराजित गरेको छ ।

Published On:  69पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार