काठमाडौं । बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निचूडको भूकम्प गएको हो ।

बुधबार बिहान साढे ६ बजे भूकम्प गएको हो । भूकम्प गएपछि काठमाडौंमा मानिसहरु घर बाहिर होहल्ला गर्दै निस्किएका थिए ।भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।
२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।
११ बैशाख २०७६, बुधबार
700
Shares







