डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । २५ जनाभन्दा बढी घाइते भएका छन् । बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थलबाट जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।
११ बैशाख २०७६, बुधबार
105
Shares






