मिता आब कोना चलब,मण्डला नाटकघरमा

Facebook Debugger

काठमाडौं । मण्डला नाटकघरमा वैशाख २० गते देखि मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ । अनामनगरस्थित नाटकघरमा विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथा नाटक मार्फत मञ्चन गर्न लागेको हो । रंगकर्मी रामभजन कामतद्धारा लिखित तथा निर्देशित उक्त नाटक बैशाख २० गते देखि जेष्ट ५ गतेसम्म प्रत्येक दिन साँझ ५ः१५ बजे साथै शनिवारका दिन मञ्चन हुने आयोजकले जनाएको छ । सो नाटक मिता आब कोना चलबमा एक पहाडी र एक मधेश मुलको पात्रहरुको विच भेटघाट हुन्छ र उक्त भेटघाट मितमा परिणत हुन्छ,त्यही सन्देश सो नाटकले सम्प्रेषण गर्ने नाटकका लेखक तथा निर्देशकले बताए ।

सो नाटकमा पहाडी र मधेशी समुदायबीचमा हुने बैमनश्यताका कारण र तिनले राष्ट्रिय एकतामा पार्ने असरमा केन्द्रित भएर नाटक तयार गरिएको निर्देशक कामतले बताए । नाटकमा मैथिली र नेपाली दुवै भाषामा संवाद बोलिने उनको भनाई छ । नाटकमा जातीयता र राष्ट्रिय एकतालाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजेका छौँ, निर्देशक कामतले भने, अनेकन ऐतिहासिक महत्वको मैथिल संस्कृतिलाई पनि मुख्य गरि नाटकमा प्रस्तुत गरेको छु । सो नाटकमा निर्देशक कामत सहित,मिलन नेपाली, सुनिता घिमिरे, भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, कौशिला कामत,सञ्जय शाह, अमृता श्रेष्ठ, आदित्य झा,अमृत स्वार लगायतका कलाकारहरुले कथा अनुसार महत्वपूर्ण चरित्रचित्रण गरेका छन् । दमदार अभिनयसँगै नाटकमा अभिनित पात्रहरुले एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रतालाई अझ प्रगाढ बनाउछ भने केही समयको अन्तारल पश्चात एक नाटकको कथामा मधेसी र पहाडी समुदायबीच द्धन्दको विजारोपण हुन्छ । आ आफनो पार्टी तथा हालको युवा पुस्ताको कारणले दुबै पुस्ता वीच विचारको विमेलले अन्तगत्व पहाडी र मधेशी मित वीच फाटो आउँछ त्यो फाटोमा मितहरु विचको उत्पीडितको कथा हो र भाषाको सम्मान गर्ने नाटक हो मिता आब कोना चलब अर्थात मित ज्यू अब कसरी जाने भन्ने मुल सन्देश नाटकले उजागर गरेको छ ।

Published On:  159पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार