प्रदेश १ को नामाकरणमा ‘लिम्बुवान, किरात’ कुनै पनि हालतमा छोड्नु हुँदैन : सांसद तुम्बाहाम्फे

  बुद्धवीर बाहिङ
3.4k Shares

विराटनगर । प्रदेश नं. १ को नामाकरणमा ‘लिम्बुवान, किरात’ नछोड्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ले प्रदेश सरकारलाई दवाव दिने भएको छ । प्रदेशसभामा एक जना मात्र सदस्य रहेको मञ्चले नामाकरणका विषयमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्दै ‘लिम्बुवान, किरात’लाई नछोड्न प्रदेश सरकारलाई दवाव दिने निर्णय गरेको हो ।

मंगलबार धरानमा बसेको मञ्चको केन्द्रीय समितिको आपतकालीन बैठकले उक्त निर्णय गरेको सांसद बिष्णुमाया तुम्बाहाम्फेले बताए । उनले आफ्नो माग सम्बोधनका लागि वैशाख १९ गतेदेखि सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको समेत जानकारी दिए ।
‘प्रदेशको नामाकरण हुँदा कुनै पनि हालतमा लिम्बुवान छुट्नु हुँदैन,’ सांसद तुम्बाहाम्फेले भने, ‘प्रदेशको राजधानी विजयपुर हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग हो, तर सबैलाई पायक पर्ने ठाउँ भनेको इटहरी भएकाले हाम्रो पार्टीले आधिकारीक रुपमा इटहरीलाई नै प्रदेशको राजधानी बनाउनु पर्छ भन्ने निर्णय गरेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार