ब्राजिलमा सुगाले ‘पुलिस पुलिस’ भनेर तस्कर भगाएपछि

Facebook Debugger

एजेन्सी । उत्तरी ब्राजिलमा प्रहरीले एउटा सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो ।

तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै उसले ‘पुलिस पुलिस’ भनेर चिच्याएर जानकारी दिन्थ्यो । जसका कारण तस्करहरु पुलिसबाट बँच्न सफल हुन्थे । तर उक्त सुगा आफ्नो ड्रग तस्कर मालिकप्रति यतिधेरै आज्ञाकारी र बफादार थियो कि आफ्नो गिरफ्तारी पछि पुलिसको लाखौँ कोसिसपछि पनि चुँ बोल्दैनथ्यो ।
पुलिस अधिकारीहरुको एक टोलीले सोमबार पियाउ स्टेटमा ड्रग तस्करीसँग सम्बन्धित इलाकामा छापा मारेको थियो । त्यसबेला पनि उक्त सुगाले ‘पुलिस पुलिस’ भनेर चिच्याउँदै मालिकहरुलाई भगाउने कोसिस गरेको थियो । तर पुलिस तस्करहरुलाई समाउन सफल भयो । प्रहरीले तस्करसँगै उक्त सुगालाई पनि पक्राउ गर्यो । पुलिस आउनुअघि पुलिस पुलिस भनेर चिच्याउने त्यो सुगा पक्राउपछि पुलिससँग भने केही बोलेको छैन । ऊ पूरै चुप छ ।

Published On:  196पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार