२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

दिल्लीबाट आएको बस : नवलपरासीमा आगलागी



नवलपरासी । पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बुधबार साँझ बसमा आगलागी भएको छ । आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ ।

नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको हो । इञ्जिन तातेर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ०१ बजे