२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

नेकपा पोलिटब्युरो गठनमा सैद्धान्तिक सहमति, कसको भागमा कति ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सैद्धान्तिक सहमति जुटेको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ । केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ । यीमध्येबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुने व्यवस्था छ ।
नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ । त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलित, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति नेताहरुले गरेका छन् । सो मापदण्डअनुसार पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन् ।
यसअघि नै भएको सहमतिअनुसार तत्कालीन एमालेबाट ८१ र तत्कालीन माओवादीबाट ६६ जना सदस्य पोलिटब्युरोमा पर्नेछन् । तत्कालीन एमालेमा ६५ जनाको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाटै चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर बढुवा गर्ने सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको छ । तत्कालीन माओवादीको ९९ सदस्यीय सचिवालय रहेकोमा तीमध्ये वरीयताका आधारमा ६६ जनालाई मात्र पोलिटब्युरोमा समेट्ने तयारी छ ।
पोलिटब्युरोमा कुन समूहको को ?
ओली समूह
केपी ओली, सुवास नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, केशव बडाल र पुष्प कँडेल, काशीनाथ अधिकारी, थममाया थापामगर, प्रदीप नेपाल, सोमनाथ प्यासी, डा. बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे, रामप्रित पासवान, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, भागवत विश्वासी, युवराज कार्की, शेरधन राई , केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गोमा देवकोटा, घनेन्द्र बस्नेत, देवराज घिमिरे, डा. विजय सुब्बा, वैजनाथ चौधरी, ज्ञानबहादुर भुजेल ।
दाहाल समूह
पुष्पकमल दाहाल, टोपबहादुर रायमाझी, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, नारायण शर्मा पौडेल, मणि थापा, दीननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, डिलाराम आचार्य, उर्मिला अर्याल, प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार (राम) कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराईं, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङबुहाङ, सुरेशकुमार राई, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल, हेमराज भण्डारी ।
नेपाल समूह
माधव नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, अमृत बोहोरा, डा. गंगालाल तुलाधार, ममता गिरी, गरिमा शाह, चन्द्रबहादुर शाही, सुशीला नेपाल, शेरबहादुर तामाङ, श्रीप्रसाद शाह, तुलबहादुर गुरुङ, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, लालबाबु पण्डित, डा. विजय पौडेल, श्रीमाया थकाली, डा. वंशिधर मिश्र, राजेन्द्रप्रसाद पाण्डे, अरुण नेपाल, पशुपति चौंलागाईं, शत्रुधन महतो ।
थापा समूह
रामबहादुर थापा, देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, सूर्य सुवेदी, जयपुरी घर्ती, तिलक परियार, सावित्रीकुमार काफ्ले ।
गौतम समूह
वामदेव गौतम, किरण गुरुङ, रघुवीर महासेठ, यामलाल कँडेल, केशवलाल श्रेष्ठ, दलबहादुर राना, राधा ज्ञवाली ।
श्रेष्ठ समूह
नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेल, विश्वनाथ शाह, शशी श्रेष्ठ, अञ्जना बिसंखे, गिरिराजमणि पोखरेल रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ३ : ०६ बजे