२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

नेकपामै सहमति नजुटेपछि प्रदेशसभाको बैठक स्थगित

वैशाख २२ गतेका लागि मिति तोकियो



विराटनगर । प्रदेश नं. १ को प्रदेशसभा बैठक वैशाख २२ गते दिनको १ बजेका लागि सारिएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न बिहीबार बस्ने भनिएको बैठक नेकपाकै सांसदबीच कुरा नमिलेपछि प्रदेशसभा बैठक ३ दिनपछि सारिएको हो ।

बिहीबार विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सत्तारुढ दल नेकपाकै संसदीय दलको बैठक बस्न नसकेपछि पछि सारिएको हो । साविकको सगरमाथा, मेची र कोशी अञ्चलका नेकपाका सांसदहरु अहिले बैठक बसिरहेका छन् । उनीहरुले प्रदेशको नाम र राजधानीको विषयमा आफ्नो जिल्लाबासी र भूगोलको अवस्था अनुसार निर्णय लिने तथा धारणा बनाउने बताएका छन् । अबको केहि समयपछि नेकपा संसदीय दलको बैठक बस्नेछ ।
प्रदेशको राजधानी विराटनगरभन्दा बाहिर लैजानु पर्ने भन्दै नेकपाकै अधिकांश सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेपछि नेकपा संसदीय दलको बैठक नै स्थगित गर्नुपरेको एक सांसदले बताए । प्रदेश नामको विषयमा ‘किरात : सगरमाथा’मा बहुमत देखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ६ : २० बजे