नेकपाका सांसदले केन्द्रको ह्वीप मानेनन् ? शुक्रबारको दलको बैठक पनि स्थगित !

  बुद्धवीर बाहिङ
2.6k Shares

विराटनगर । प्रदेश नं. १ को नाम र स्थायी राजधानी तोक्न सत्तारुढ दल नेकपाको संसदीय दलको बैठक बस्ने भनिए पनि पटक पटक स्थगित भएको छ । पार्टी केन्द्रले दिएको निर्देशन र ह्वीपलाईभन्दा जनचाहना अनुसारको निर्णय गर्नु पर्ने माग राख्दै अधिकांश सांसदहरुले हस्ताक्षर सहित दवाव दिएपछि ३ दिन अघिदेखि बस्ने भनिएको संसदीय दलको बैठक स्थगित गर्दै मिति सारिएको हो ।

नेकपा दलको बैठक वैशाख २२ गते विहान ११ बजेको लागि सारिएको छ । अधिकांश सांसदहरुले प्रदेशको नाम र राजधानीको विषयमा जनमत अनुसार राख्नु पर्ने अडान दोहोर्याएपछि दलको बैठक पर धकेलिएको हो । दुई तिहाइभन्दा बढि सांसद भएको नेकपामा अधिकांश सांसदहरुको धारणा प्रदेशको नाममा ‘किरात ः सगरमाथा’ र स्थायी राजधानी ‘इटहरी’ राख्नु पर्ने अडानलाई कायमै राखेपछि दलको बैठक बस्न नसकेको एक सांसदले बताए ।
शुक्रबार दिनभर जसो दलको बैठक राख्नलाई पटक पटक प्रयास गरिएको भएपनि नाम र राजधानीको विषयमा अधिकांश सांसदहरु केन्द्रीय ह्वीपलाई नमान्ने बताएपछि बैठन बस्न नसकेको एक नेताले बताए । नेकपा सांसदहरुबीच वैशाख २२ गतेसम्म प्रदेशको नाम र स्थायी राजधानीको विषयमा सहमतिको विन्दु खोजिने पनि नेकपा नेताले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार