‘राष्ट्रपतिको निजी नीति कार्यक्रम हो की ! सरकारको नीति, कार्यक्रम ?’ : गगन थापा [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेस नेता गगनकुमार थापाले चर्को आलोचना गरेका छन् । राष्ट्रपतिले ‘नेपाल सरकार’लाई ‘मेरो सरकार’ भनि सम्बोधन गरेकोमा आपत्ती जनाउँदै नेता थापाले चर्को आलोचना गरेका हुन् ।

थापाले आफू जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा आएको भए पनि राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम घोषणा गरेको भन्दै व्यङ्ग्य गरे । उनले संसदमा सरकारको नभएर राष्ट्रपतिको नीति तथा कार्यक्रम सुन्न आएजस्तो भान भएको बताउँदै नेपाल सरकारको नीति कार्यक्रम सुन्न कहाँ र कहिले आउने हो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त महामहिम राष्ट्रपतिज्यूबाट निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ’, थापाले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकी थिइन् । नेता थापाले गएको आर्थिक वर्षमा पनि सरकारको नीति तथा कार्यक्रमले खासै जनतामा प्रत्यक्ष लाभ नभएको आरोप लगाएका छन् । ‘यो वर्षको नीति तथा कार्यक्रमले गएको वर्षको जस्तो जनतामा निराश नछाओस ।’ नेता थापाले भने, ‘जनताको हितमा गरेको सरकारको निर्णयमा कांग्रेस सदा सकारात्मक सहयोग गर्न तयार छ ।’

Published On:  261पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार