काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमी विवरण सार्वजनिक गरेको छ । अझै ३ दिनसम्म रातको समयमा मेघ गर्जन सहित वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

आज (शनिबार) नेपालको पूर्वी भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी भूभागमा सामान्य बदली हुने अनुमान गरिएको छ । तर पूर्वी, मध्य र पश्चिमका केहि भूभागमा मेघ गर्जन, हावाहुरी सहित वर्षा र उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात हुने महाशाखाद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
आज राती देशको पहाडी भूभागमा सामान्य तथा बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ । देशको पहाडी भूभागको केहि स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जारी सूचनामा छ ।

भोली (आइतबार) पहाडी भूभागमा सामान्य बदली हुनेछ । देशको केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । रातको समयमा पहाडी क्षेत्रका केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । पर्सि (सोमबार) पहाडी क्षेत्रको केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । भने रातको समयमा पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
२१ बैशाख २०७६, शनिबार
147
Shares






