काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित राष्ट्रपतिलाई बेलायतको महारानी जस्तै उपाधि दिइएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधी सभाको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएको प्रति आपत्ती जनाउँदै संशोधन दर्ता गरेको समेत बताए ।

देउवाले सरकारको नीति तथा कार्यक्रममा बकफूसे र उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गरेको छ । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाए । न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’
भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १ सय ११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।
राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।
२२ बैशाख २०७६, आइतबार
119
Shares







