२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

‘प्रधानमन्त्रीज्यू प्रशंसा अहिले होइन बायोग्राफी लेख्दा काम लाग्छ,’ : सांसद रिजाल



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले वर्तमान सरकारले सपना बेच्न कुनै कसर बाँकी नराखेको आरोप लगाएका छन् । सरकारले समाजवादको नयाँ व्याख्या गर्ने क्रममा लोकतन्त्रको अस्तित्वमाथि नै प्रहार गरेको भन्दै नेता रिजालले सरकारलाई आरोप लगाएका हुन् ।

आइतबारको संसद वैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि दर्ता भएको संसोधन प्रस्तावको पक्षमा बोल्दै रिजालले लोकतान्त्रिक मान्यताअनरुप नीति तथा कार्यक्रम नआएको बताए । नीति तथा कार्यक्रममा सरकारले आफ्नै मात्र प्रशंसा गरेका नेता रिजालले आरोप लगाए । ‘प्रधानमन्त्रीजी यस्तो प्रशंसा यहाँ होइन पछि तपाईको बायोग्राफी लेख्दा काम लाग्छ, अहिले होइन ? अहिले काम गरेर देखाउनुस ।’ नेता रिजालले भने ‘समाजवादको नयाँ परिभाषा गर्ने अधिकार नीति तथा कार्यक्रम र सरकारलाई छैन । हामी मुकदर्शक भएर बस्दैनौं । संविधान सानो दुखले आर्जेको होइन ।’
सरकारले राष्ट्रपतिलाई तत्कालीन राज संस्था (श्री ५) को रुपमा प्रस्तुत गर्न खोजेको पनि रिजालको आरोप थियो । ‘उ बेला श्री ५ को सरकार हुन्थ्यो । त्यही प्रवृत्तिमा सरकार हिँड्दैछ,’ रिजालले भने, ‘गणतन्त्रको बाटोमा हिँड्दा कमन वेल्थका देशलाई हेर्नु पर्दैन ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ५६ बजे