जापानी प्रधानमन्त्री सिकर्मी बनेको भिडियो भाइरल भयो !

126 Shares

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबे सिकर्मी बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । आबे आफ्नो निजी निवासको ढोका ढकढकाउने एउटा काठको डोर नकर ठोक्दै गरेको भिडियो भाइरल भएको हो ।

उक्त डोर नकर उनलाई क्यानडाका प्रधानमन्त्रीले आबेको क्यानडा भ्रमणका क्रममा उपहार दिएका थिए । कावागुची ताल नजिकैको आफ्नो निजी भिल्लाको ढोकामा उनी आफैले त्यो डोर नकर जडान गरेका हुन् । त्यो कलात्मक काठको डोर नकर क्यानडाको क्यूबेक सहरका कालीगढहरुले तयार गरेका थिए ।
प्रधानमन्त्री शिन्जो आवेले सिकर्मीको काम गरिरहेको भिडियो उनकी पत्नीले त्यो भिडियो रेकर्ड गरेकी हुन् । भिडियोको अन्त्यतिर पत्नी आफैले हाँस्दै त्यो डोर नकर टेष्ट गरिरहेको पनि देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार