प्रदेश १ राजधानी : पार्टीको ह्वीप त्यागेर जनमत सुन्ने ५ सांसद

Facebook Debugger

विराटनगर । आइतबार पहिलोपटक औपचाकि रूपमा प्रदेश १ को प्रदेशसभामा स्थायी राजधानीको नाम प्रस्ताव भयो । प्रदेशसभाको नियमावली (पहिलो संशोधन)को नियम ५८ ‘क’ बमोजिम प्रदेशको स्थायी राजधानीका ४ प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । जसमा दुई प्रस्ताव दुई तिहाइको सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसबाट आएका छन् ।

बाँकी दुई प्रस्ताव भने धनकुटाका नेकपा र नेपाली काँग्रेसका सांसदहरूले दर्ता गराएका छन् । नेकपा र नेपाली काँग्रेसका संसदीय दलले अनिर्वाय रूपमा पार्टी आदेश मानेर विराटनगरलाई स्थायी राजधानीको प्रस्तावमा समर्थन गर्न भनेका थिए । तर, धनकुटाका पाँच सांसदहरूले पार्टी आदेश अस्वीकार गरेका छन् । नेकपा धनकुटाका सांसद निरन राईले धनकुटलाइ प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराए । उनको प्रस्तावमा धनकुटाका तीनजना नेकपा सांसदहरू क्रमशः इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ र विनादेवी राईले समर्थन गरे ।
यस्तैगरि, नेपाली काँग्रेस धनकुटाकी सांसद लीला सुब्बाले धनकुटा राजधानी बनाउनुपर्ने प्रस्ताव गरेकी हुन । सुब्बाको प्रस्तावमा ताप्लेजुङका काँग्रेस सांसद प्रतापप्रकाश हाङगाम र सङ्घीय समाजवादी फोरनमका झापाका सांसद राजचन्द्र लिम्बुले समर्थन गरेका छन् । प्रदेशसभाको नियमावलीमा स्थायी राजधानीको लागी दुई जना बढिको समर्थन भएमा व्यक्तिगत रुपमापनि प्रस्ताव दर्ता गर्न सकिने आधार टेकेर उनीहरूले प्रस्ताव दर्ता गराएका हुन ।

आफूले दलको भन्दा जनताको कुरा सुनेर धनकुटालाई स्थायी राजधानीको लागी प्रस्ताव लगेको सांसदहरूले बताएका छन् । १६ जिल्ला हुँदाको विकास क्षेत्रको सदरमुकाम भएको, प्रदेश १ का सबै जिल्लामै बिचमा पर्ने र आवश्यक भौतिक पूर्वाधार भएको धनकुटा स्थायी राजधानी हुन योग्य भएकाले प्रस्ताव लगेको धनकुटा सांसदहरूले बताएका छन् ।
‘हामीलाई पार्टीले टिकट दिएको हो, तर भोट जनताको लिएको हो’, एकजना धनकुटा सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बरु पार्टीबाट बहिष्कारमा परियोस् ठिक छ, तर जायज रुपमा राजधानीको लागी आन्दोलित आफ्ना क्षेत्रका जनतालाई अन्तिमसम्म साथ दिने हो ।’

Published On:  611पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार