काठमाडौं । नेपाली कांग्रेसका सांसद सीतादेवी यादवले सरकारले ल्याएको नीति कार्यक्रम गाइजात्रे पुस्तक जस्तै भएको बताएका छन् । सोमबारको संसद बैठकमा नीति कार्यक्रमको छलफलमा भाग लिदै सांसद यादवले झुठको पुलिन्दा भएको नीति कार्यक्रम कुनै गाइजात्रे पुस्तकभन्दा फरक नभएको बताएका हुन् ।

नीति कार्यक्रममा २५ मिनेटभन्दा बढि आफ्नै बारेमा प्रचारप्रसार शैलीमा समावेश गरेकाले मपाइत्व बढेको उनले बताए । ‘एउटा गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गर्दा सफलता ठान्ने सरकारले निर्मला हत्याकाण्ड किन बिर्सियो ?’ सांसद यादवले भने, ‘१० वर्षअघिको योजनालाई आफूले गरेको विकास ठान्ने कस्तो मानसिकता हो, यो सरकारको ?’
जनचाहना अनुसार सरकारले कुनै काम गर्न नसकेको पनि उनले आरोप लगाए । गएको वर्ष ल्याएको नीति कार्यक्रमले जनतामा निराशा बाहेक अरु केहि नदिएको उनले बताए । ‘झनै अहिले ल्याएको नीति कार्यक्रम त कोरा, काल्पिनीकभन्दा केहि छैन ?’
२३ बैशाख २०७६, सोमबार
91
Shares






