काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले सरकारले ल्याएको नीति कार्यक्रम शत प्रतिशत राम्रो भए पनि कार्यान्वयन २० प्रतिशत मात्रै हुने गरेको बताएका छन् । सोमबारको संसद बैठकमा सरकारको नीति कार्यक्रमको बारे छलफलमा बोल्दै सांसद तामाङले शत प्रतिशतमा २० प्रतिशत मात्रै योजनाहरु कार्यान्वय हुने प्रवृत्ती मुख्य समस्या भएकाले यसलाई जरैबाट उखेलेर फाल्नु पर्ने बताएका हुन् ।

‘नीति कार्यक्रममा हिमाली राजमार्गको अवधारणा ल्याइएको छैन, त्यसलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनु पर्छ ।’ सांसद तामाङले भने, ‘२५ वर्षदेखि निर्माणाधिन मेलम्ची आयोजना चाँडै कार्यान्वयन होस, उपत्यकाबासीले पानीको समस्या भोग्नु नपरोस ।’
‘संक्रमणकालीन न्यायलय अलि प्राथमिकताको साथ अगाडि बढोस, भ्रष्टाचार, ढिलासुस्ती, अनियमिततामा संलग्नलाई कडा कारबाही होस ।’ उनले भने, ‘प्रतिपक्षीको धर्म त जतिसुकै राम्रो काम सत्तापक्षले गरेपनि बिरोध गर्ने नै हो, के पहिले तपाईहरु सरकारमा भएको बेला ल्याएको कार्यक्रम चाँहि सुनको अण्डा पार्ने थियो ?’
२३ बैशाख २०७६, सोमबार
133
Shares







