प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

Facebook Debugger

विराटनगर । प्रदेश १ को जारी हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेशको स्थायी राजधानी विराटनगर तोक्ने प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गर्दै जारी हिउँदे अधिवेशन अन्त्य भएको हो ।

प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गरेको सम्बन्धी प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाएका थिए । जारी हिउँदे अधिवेशनको सोमबार बसेको अन्तिम बैठकबाट प्रदेशको राजधानी टुंगो लागेको हो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्तुत गरेको विराटनगर राजधानी तोक्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेशसभामा कायम रहेका ९३ सांसदहरुमध्ये विराटनगर राजधानीको पक्षमा ८६ मत र प्रस्तावको विपक्षमा शून्य प्राप्त भएको हो ।

Published On:  76पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार