राजधानी ‘विराटनगर’मा मतदान नगर्ने ६ सांसद यी हुन् ?

Facebook Debugger

विराटनगर । प्रदेशसभाका ६ सांसदले राजधानी तोक्ने प्रस्तावमा मतदान गरेनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतापप्रकाश हाङ्गामले मतदान गरेनन् । उनले विराटनगर राजधानी तोक्ने प्रस्तावको विपक्षमा उभिदै बैठकबाटै बाहिरिएका थिए ।

कांग्रेसका सांसदहरु ज्योती सुब्बा, अगमलाल चौधरी, संघीय समाजवादी फोरमका सांसदहरु रामचन्द्र लिम्बू, राधा थापा र नेकपाका सांसद गणेश काम्बाङ अनुपस्थित रहे । मत विभाजनमा सहभागी हुन नपाउने व्यवस्थाका कारण सभामुख प्रदीपकुमार भण्डारी मतदान गर्नबाट वञ्चित रहे ।
संशोधनको नियम निलम्बन
प्रदेशसभाका पाँचवटै दलहरुबीचको सहमतिपछि छोटो बाटोबाट राजधानी तोक्ने प्रक्रियाको खोजीमा लागेका दलहरुले प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७५ को नियम ५८ (क) को १० देखि १६ सम्मका बुँदाहरु निलम्बन गरेका छन् ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नियम निलम्बन गरियोस् भनि प्रस्तुत गरेको प्रस्तावमा संघीय समाजवादी फोरमका नेता जयराम यादवले समर्थन जनाए हुन् । प्रस्तावमा उल्लेखित ‘विराटनगरलाई राजधानी तोकियोस’ भन्ने प्रस्तावमा मत विभाजनका लागि पक्ष र विपक्षमा राखिएको क्रम संख्या सहितको नामावली मध्ये सांसदले पक्षमा रहने सांसदलाई सभामुखको दाहिने लबी र विपक्षमा हुने सांसदलाई देब्रे लबीमा हस्ताक्षर गर्न सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरे ।
झण्डै २० मिनेटसम्म चलेको मत विभाजनबाट प्राप्त परिणाम सुनाउँदै सभामुख भण्डारीले विराटनगरलाई राजधानी तोकियोस् भन्ने प्रस्तावले दुई तिहाई बहुमत प्राप्त गरेको घोषणा गरे ।

Published On:  486पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार