२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

‘नीति कार्यक्रम हाईस्कूलको विद्यार्थीले निबन्ध लेखे जस्तो छ,’ : नेता सिंह

प्रधानमन्त्री, मन्त्रीले मास्क फुकाले पनि जनताले फुकाल्न पाएका छैनन्



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको नीति कार्यक्रम हाईस्कूलको विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर लेख्न दिएको निबन्ध जस्तो भएको बताए । मंगलबारको संसद बैठकमा नीति कार्यक्रमको छलफलमा बोल्दै सांसद सिंहले उखान टुक्का कुनै बुदाँमा नछुटाएको भन्दै हाइस्कूलको विद्यार्थीले लेखेको निबन्ध भएको बताएका हुन् ।

‘गत वर्ष प्रधानमन्त्रीले यही रोष्टममा उभिएर भन्नु भएको थियो, अब एक वर्षभित्र उपत्याकाभित्र मास्क लगाउनु पर्दैन भनेर भन्नु भएको थियो, खै जनताको मुखबाट मास्क हटेको ?’ सांसद सिंहले भने, ‘प्रधानमन्त्री मन्त्रीले मास्क फुकाले पनि जनताले फुकाल्न पाएका छैनन् ।’
सरकारले १ वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो पुर्याउने नीति कार्यक्रमप्रति व्यङ्ग्या गर्दै सिंहले भने, ‘४ वर्षमा दोहोरो आर्थिक बृद्धिदरमा जान कसरी सम्भव छ ? अझै यत्ति मात्र होइन उच्च आर्थिक वृद्धिदरमा जाने भनिएको छ, के त्यो सम्भव छ ? दोहोर आर्थिक वृद्धिदरको लागि १७ खर्ब पैसा चाहिन्छ, त्यो पैसा कहाँबाट आउँछ ।’

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : ५० बजे