खोटाङमा ३२ रोपनी क्षेत्रफलमा विश्वकै अग्लो यलम्बर मूर्ति बन्दै

  अर्जुन जम्नेली राई
4.3k Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका १४ मा बन्न लागेको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको यलम्बर पार्क किरात राई यायोक्खा केन्द्रीय अध्यक्षसहितको टोलीले आज (मंगलबार) अवलोक गरेको छ । नगरको बुइपा स्थित पञ्चरवाटो माथिको डाँडामा बन्न लागेको पार्क १४ करोडको लागतमा बन्न लागेको हो ।

३२ रोपनीको क्षेत्रमा बन्न लागेको पार्क १ नम्बर प्रदेश र नगरको साझेदारीमा बन्न लागेको नगर प्रमुख दिपनारायण रिजालले बताए । किराती कल्चरमा बन्न लागेको पार्कमा ११ करोडको लागमा १०० फिट अग्लो यलम्बरको मूर्ति, चुला लगायतको मूर्तिहरु बन्ने १४ नम्बर वडा अध्यक्ष दिनेश राईले बताए । १ नम्बर प्रदेश सरकारसँग साझेदारी पार्क निर्माण गर्ने सहमति भइसकेको छ ।
अवलोकनको लागि यायोक्खा अध्यक्ष दिवस राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विनादेवि राई, किरात राई विद्यार्थी संघको पूर्व केन्द्रीय सचिव सुरेन्द्र राई लगायत पञ्चरबाटो गएका थिए । नगरबाट छुटेको ७२ लाख बजेटले गेट, पाहुना घर लगायतको भवन निर्माण शुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार