गुराँसको फुल : सौन्दर्यदेखि औषधीसम्म

Facebook Debugger

काठमाडौं । गुराँसको बखान त गरेर साध्य छैन । गुराँससँग हाम्रो आत्मियता पनि जोडिएको छ । नेपालको राष्ट्रिय फूल कुन हो भन्दा ‘लाली गुराँस’ भन्दै हुर्किएका हामीलाई गुराँस नौलो रहेन ।

हामीले गुराँसको गीत गाएका छौ । गुराँसको सर्वत पिएका छौ । गुरासको सौन्दर्यमा उमंगित भएका छौ । गुराँसको उत्सव गरेका छौ । वनैभरी फुलिदिने गुराँसले चैत्र–वैशाखमा बनपाखालाई ढकमक्क बनाइदिन्छ । कसैले नरोपे पनि, कसैले नहुर्काए पनि, कसैले मलजल नगरे पनि, कसैले स्यहार नगरेपनि गुराँसले वनजंगललाई शोभायमान बनाइदिन्छ ।
गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।

Published On:  75पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार