केसीको आरोप : ‘सरकार अपराधीको नाइके, प्रधानमन्त्री हास्य कलाकार’

Facebook Debugger

वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमको खेती गर्ने हास्यकलाकारको संज्ञा दिएका छन् । जनतालाई भ्रममा राखेर सरकारले हावादारी सपना बाँड्ने काम गरेको भन्दै नेता केसीले जनतालाई भ्रमको खेती र झुटको पुलिन्दाका अड्काउने काम गरिरहेको आरोप लगाएका हुन् ।

काम भन्दा बढी गफमा सिमित भएको र जनताको विकास भन्दा सरकारले सपना मात्र बाँड्ने काम गरेको उनको भनाइ छ । पार्टीको ‘राष्ट्रिय जागरण अभियान’को बुधबार हेटौंडामा उद्घाटन गर्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारका कारण मुलुक संकटमा पर्दै गएकोले अब कांग्रेस सचेत हुनुपर्ने बेला आएको बताए । ‘अब पनि घर भित्रको झगडामा मात्र बसियो भने मुलुक संकटमा पर्छ ।’ उनले भने ।
नेता केसीले सरकार अपराधीको संरक्षण गर्ने नाइकेको रुपमा रहेको आरोपसमेत लगाएका छन् । सरकारले मुलुकका सबै प्रकारका अपराधिक घटनलाई संरक्षण गरेको भन्दै उनले सेना परिचालनको अधिकारसमेत आफ्नो नेतृत्वमा राखेर सत्ता कव्जाको तयारीमा रहेको बताए ।

Published On:  104पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार