प्रदेश राजधानी : विराटनगरमा दीपावली, धनकुटामा चक्काजाम

Facebook Debugger

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा भएपछि राजधानी माग्दै आन्दोलन गरिरहेको धनकुटाका बासिन्दा असन्तुष्ट बनेका छन् । राजधानीकै माग गरिरहेको विराटनगरको छिमेकी शहर इटहरीले राजधानीको घोषणालाई स्वागत गरेको छ ।

सोमबार प्रदेशसभा बैठकले दुई तिहाई बहुमतबाट विराटनगरलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेपछि धनकुटा बासीको असन्तुष्टि मंगलबार सडकमा देखियो । विराटनगरलाई स्थायी बनाउँदा धनकुटालाई अन्याय भएको बताउँदै धनकुटाका स्थानीयले केही घण्टा कोशी राजमार्ग अवरुद्ध गरेका थिए । राजधानीका विषयमा धनकुटावासी सडकमा उत्रदा विराटनगरले स्थायी राजधानी घोषणालाई दीपावली गरी स्वागत गरेको छ ।
धनकुटामा चक्काजाम
संघीयता कार्यान्यवन अघि पूर्वाञ्चल क्षेत्रको सदरमुकाम रहेको धनकुटा अस्थायी राजधानी विराटनगर सरेदेखि नै असन्तुष्ट थियो । सोमबार प्रदेशसभा बैठकले दुई तिहाई बहुमतबाट विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पारित गरेपछि धनकुटावासीले मंगलबार प्रदर्शन गरे ।

आइतबार धनकुटालाई राजधानी बनाउने प्रस्ताव पेस गरेका नेकपा संसद निरन राईले पार्टीको रुलिङपछि प्रस्ताव फिर्ता लिए । नेकपासँगको छलफलपछि नेपाली कांग्रेसले पेस गरेको दुईवटा प्रस्ताव पनि फिर्ता भएपछि दुई तिहाई बहुमतले विराटनगर राजधानी घोषणा भयो । मतदानका क्रममा ८६ मत विराटनगरको पक्षमा खस्यो । विपक्षमा मत आएन ।
प्रदेश सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र पहाडी जिल्ला हेर्ने गरी यातायात कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । तर, मेयर तामाङ धनकुटामा कुनै एउटा मन्त्रालय राखिदिए जनताले चित्त बुझाउने आधार हुने बताउँछन् ।
विराटनगरमा दिउँसो हडताल, साँझ दीपावली
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले आइतबार राजधानीको प्रस्ताव दर्ता गरेपछि सोमबार एक्कासी विराटनगरमा आमहडताल घोषाणा भयो । राजधानी विराटनगरबाट विकेन्द्रित गर्न लागेको भन्दै सोमबार बिहानैदेखि हडतालमा उत्रिएका विराटनगरवासीले राजधानीको प्रस्ताव पारित भएपछि साँझ दीपावली गरे ।

अनिश्चितकालीन हडताल आह्वान घोषणापछि सोमबार दिउँसो मुख्यमन्त्री शेरधन राईसहित नेकपाका नेताहरूसँग भएको छलफलमा बन्द फिर्ता लिएर दीपावली मनाउने निर्णय भयो । विराटनगरबाट कार्यपालिका र व्यवस्थापिकाका कार्यालयका संरचना बाहिर नजाने आश्वासनपछि बन्द फिर्ता लिएर दीपावली गरी प्रदेशको निर्णय स्वागत गरेको मेयर भीम पराजुलीले बताए ।

Published On:  135पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार