शशांकको आरोप : ‘सरकारले मिडिया, न्यायालयलाई कठपुतली बनायो’

Facebook Debugger

बुटवल । नेपाली कांगेसका महामन्त्री डा. शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा बुधबार देखि शुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले उनले सञ्चारमाध्यम, न्यायपालिकालगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाए ।
यो सरकार काण्डै काण्डको सरकार भन्दै उनले ती काण्डहरु कांग्रेसले पर्दाफास गर्ने दावी गरे । ‘यो सरकारले निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड लगायतका थुप्रै अपराधहरुलाई लुकाएको छ, हामी पर्दाफास गर्छाै’ नेता कोइरालाले भने ।

Published On:  180पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार