प्रदेश १ को बजेट : गत वर्षभन्दा २५ प्रतिशत बढी ल्याइने !

Facebook Debugger

विराटनगर । प्रदेश नं. १ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्षको भन्दा २५ प्रतिशत बढी बजेट ल्याउने योजनाका साथ सम्वद्ध अधिकारीहरु छलफलमा छन् ।

बजेटको तयारीका लागि प्रदेश योजना आयोगले प्रदेशको वस्तुस्थिति विवरण तयार गरिसकेको छ । त्यसकै आधारमा सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको स्रोत अनुमान समितिको बैठकले बजेटको स्रोत, कार्यक्रम, चालु आर्थिक वर्षको खर्च र बचतलगायतको विवरण तयार पार्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । चालु आवको बजेटबाट बचत हुने रकम टुंगो लापछि आगामी आर्थिक वर्षको बजेटको सिलिङ तय गर्ने तयारी मन्त्रालयको छ । प्रदेश सरकारले चालु आ.व.का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले लक्ष्यअनुरुप आन्तरिक राजस्व संकलन गर्न सफल भएकोले बजेटको आकार बढ्न सक्ने बताइएको छ । मन्त्रालयकाअनुसार चालु आ.व.का लागि प्रदेश सरकारले ३ अर्ब ६६ करोड ८८ लाख ३३ हजार रुपैया राजश्व संकलन गर्ने अनुमान गरेको थियो । आर्थिक वर्ष सकिदासम्म यति रकम सञ्चित कोषमा जम्मा हुने प्रदेश सरकारले आशा लिएको छ । ८ महिनाको अवधिमा त्यसको ७५ प्रतिशत राजस्व संकलन भइसकेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

Published On:  195पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार