विकास प्राधिकरण खारेजी माग्दै १८ मेयर

Facebook Debugger

काठमाडौं । कान्तिपुरले ‘विकास प्राधिकरण खारेजी माग्दै १८ मेयर’ शीर्षकमा मुख्य समाचार लेखेको छ । वर्तमान संविधानविपरीत गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उपत्यकाका नगरप्रमुखहरुले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् ।

उपत्यका विकास प्राधिकरणले हाल उपत्यकाभित्रको विकास निर्माणको काम गर्दै आएको छ । बुधबार उपत्यका नगरपालिका फोरमले चौथो विस्तारित बैठकका निर्णय सुनाउन गरेका पत्रकार सम्मेलनमा फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरुको कामकारबाहीमा प्राधिकरणले हस्तक्षेप गरेको उल्लेख गर्दै खारेज हुनुपर्ने बताएको कान्तिपुर समाचारमा उल्लेख छ ।
विश्वविद्यालयहरुमा प्रधानमन्त्री र शिक्षामन्त्रीको भूमिका थप शक्तिशाली हुनेगरी ऐन संशोधन प्रक्रिया अघि अर्को खबर पनि कान्तिपुरमा छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए पनि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति रहने शिक्षामन्त्री पदाधिकारी नियुक्ति र फेरबदलमा थप शक्तिशाली हुनेछन् । कान्तिपुरका अनुसार शिक्षा मन्त्रालयले हिउँदे अधिवेशनमा संसदमा दर्ता गराएको संशोधन विधेयक बुधबार राष्ट्रियसभामा पेस गरिएको छ । विधेकमा उल्लेख भएअनुसार कुलपति र सहकुलपतिले निरीक्षण गर्न, गराउन र निर्देशन दिन सक्नेछन् । यसअघि निरीक्षण र जाँचबुझ गर्न सक्ने व्यवस्था रहेकामा संशोधित विधेयकमा निर्देशन दिन सक्ने प्रावधान थपिएको हो ।
कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा स्रोत साधनले भ्याए आगामी आर्थिक वर्षमा राजनीतिक कार्यक्रमहरु सम्बोधन हुने भएको खबर छ । बजेट राजनीतिक लोकप्रियता र आर्थिक वास्तविकताको सन्तुलन भएको जनाउँदै अर्थ मन्त्रालयले भ्याएसम्म राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने योजना बनाएको समाचारमा उल्लेख छ ।

Published On:  87पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार