१ लाख ३२ हजार अपराधी अझै फरार, १३ अर्ब ८० करोड ६५ लाख असुल्न बाँकी

Facebook Debugger

काठमाडौं । नयाँ पत्रिकाले १ लाख ३२ हजार अपराधी जेलबाहिरै रहेको हिसाब निकालेको छ । समाचार अनुसार, अदालतले ००४ सालमा कैद सजाय सुनाएका दोषी अझैसम्म फरार छन् ।

अदालतको फरार सूचीमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द्र ठकुरीदेखि बैंकर पवनजंग कार्कीसम्म छन् । यी दोषीबाट राज्यलले १३ अर्ब ८० करोड ६५ लाख असुल्न बाँकी छ । नयाँ पत्रिकामा लेखिएको छ, ‘अपराधी जेलबाहिर भए पनि यिनलाई नियन्त्रणमा लिएर राख्ने ठाउँ स्थान भने अभाव छ । नयाँ पत्रिकाका अनुसार देशभरका कारागारको क्षमता १५ हजार ४ सय ६६ छ । अहिले नै कारागारमा २१ हजार ८ सय ३५ कैदी छन् । थप एक लाख ३२ हजार पक्राउ परे कहाँ राख्ने सरकारलाई नै थाहा छैन ।’
यसैबीच, फौजदारी मुद्दद्दाका दोषीलाई खोजेर कारबाही गर्नुको सट्टा उन्मुक्ति दिने तयारी सरकारले गरेको छ । नयाँ पत्रिकाका अनुसार, गत १ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिताले नै दोषीलाई उन्मुक्ति दिने व्यवस्था गरेको हो । सरकारप्रति प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पोखेको आक्रोस, राजमार्ग सुरक्षासँग सम्बन्धित समाचार पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

Published On:  196पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार