आज दिउँसो पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

Facebook Debugger

काठमाडौं । केहिदिन यता मौसममा सुधार आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान गर्दै देशैभरी मौसम सफा रहने जानकारी दिएको छ । आज (बिहीबार) दिउँसो पानी पर्ने सम्भावना भएपनि हावाहुरी तथा अन्य मौसमी प्रकोपको कुनै सम्भावना नहरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान :
वैशाख २६ गते (बिहीबार)
दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू(भागमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।
रातिः देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
वैशाख २७ गते (शुक्रवार)
दिउँसोः देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ, भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।
रातिः देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख २८ गते (शनिवार)
दिउँसोः पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।
रातिः पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

Published On:  114पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार