देशका अधिकांश स्थानमा हावाहुरी सहित वर्षा हुने

105 Shares

काठमाडौं । देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई वर्षा हुनेछ प्रचुर सम्भावना छ ।


मौसमविद विभूति पोखरेलकी अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसममा बदली हुनेछ । सोही कारणले देशको, ‘केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेको बताएन् ।

शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार