इञ्चार्ज र सेक्रेटरी रिहा लगत्तै गिरफ्तार

Facebook Debugger

गोरखा । जिल्ला अदालत गोरखामा ५–५ हजार रुपियाँ धरौटी बुझाएर वैशाख २७ गते रिहा भएका नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र सेक्रेटरी ३७ वर्षीय कपिल भट्टलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

रिहा भए लगत्तै अदालतबाटै उनीहरूलाई वैशाख २७ गते पुनः गिरफ्तार गरिएको हो । उनीहरूलाई वैशाख २२ गते पालुङटार नगरपालिका–७ च्याङ्लीबाट गिरफ्तार गरी राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

राजद्रोहको मुद्दामा धरौटीमा रिहा भएपनि अझै उनीहरू विरूद्घ तीन उजुरी रहेको एसपी भोला रावलले बताए ।

जिल्लाको विभिन्न स्थानमा बम राखेको, एनसेल टावरमा आगजनी तथा चन्दा असुलि गरेको उजुरीको छानविनका लागि गिरफ्तार गरिएको एसपी रावलको भनाइ छ ।

कुमालको स्थायी घर गोरखा नगरपालिका–१२ दशकिलो हो भने भट्ट भिमसेन थापा गाउँपालिका–१ मसेलका हुन् ।

वैशाख ९ गते गिरफ्तार परेका नेकपाका जिल्ला जनपरिषद प्रमुख ६५ वर्षीय विष्णु रिजाल र वैशाख २ गते गिरफ्तारमा परेकी जिल्ला कमिटि सदस्य ३५ वर्षीय अञ्जु कुमाल भने वैशाख २७ गते गोरखा अदालतमा ५–५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रिजाललाई उनकै निवास गण्डकी गाउँपालिका–७ घ्याल्चोक र गोरखा नगरपालिका–६ बसपार्क घर भएकी कुमालाई सोही वडाको हरमटारीबाट गिरफ्तार गरी राजद्रोह अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

Published On:  193पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार