सा‌ंसद सुनुवारले अर्थमन्त्रीलाई भने: “गुगल हेरेर हाेइन खेतबारी हेरेर किसानलाई अनुदान दिनुस्” (भिडीयाेसहित)

Facebook Debugger

ओखलढुंगा– प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण पाटो भएकाले कृषि क्षेत्रमा प्रयाप्त बजेट बिनियोजन गर्न माग गरेका छन् । सोमबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुनुवारले विगतमा कृषि क्षेत्र उपेक्षामा परेकाले सरकारले लिएको आयत घटनाउने लक्ष्य कृषि क्षेत्रबाटै पुरा हुने बताए ।

उनले विगतमा गुगल हेरेर कृषिका योजना बनेकाले कृषकका खेतबारीसम्म नपुगेको भन्दै खेतबारीसम्म पुग्ने योजना पर्याप्त कृषिमा अनुदान दिने व्यवस्थ ागर्न माग गरे । उनले भने ‘विगतमा जस्तो कृषिका योजना गुगल हेरेर होइन खेतबारी हेरेर खेतबारीमै पुग्ने गरि बनाउनु पर्छ । कृषिमा व्यवपक अनुदान बृद्धि गर्नु पर्छ, म सरकारको ध्यानाकर्षण गराउँछु ।’
सांसद सुनुवारले ओखलढुंगाका सामरिक महत्वका योजनाहरुमा प्रशस्त बजेट बिनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । उनले विगतमा शुरु भएका अधुरा आयोजनाहरु
ओखलढुंगाको मात्र होइन सगरमाथाका अरु जिल्ला खोटाङ र सोलु समेत जोड्ने भएकाले लिखु एकवार, मोलुङ एकवार, दुधकोशी एकवार सडक आगामी वर्ष पुरा हुने गरि बजेट दिन माग गरे । त्यस्तै ढुस्के–रागादीप–पात्ले हुँदै खिजीदेम्बा जोड्ने सडक, साँघुटार हुँदै ओखलढुंगा र सिलौरी घाट सडक कालोपत्रे गर्न बजेट माग गरे । उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदा अर्थमन्त्री मुसुमुसु हाँसेर बसेका थिए । सम्बोधनका क्रममा सुनुवारले ४० लाख युवा, डेढ करोड हाराहारीका मजदुरहरुले, उपचार नपाएर छट्पटिएका गरिबहरुले, भारि बोक्ने भरिया र खेलबारीमा हजो जोतिरहेका किसानहरुले यो बजेट मेरा लागि हो, यो सरकार मेरो हो भन्ने अनूभूति हुने गरि बजेट ल्याउन बनाउन अर्थमन्त्रीलाई सुझाव दिए ।
उनले आर्थिक बृद्धिदर ७ प्रतिशत बनाउने कुरा स्वागत योग्य भएपनि चुनौतिपूर्ण भएकाले विकास खर्च प्रभावकारी कार्यन्वयन हुनुपर्नेमा जोड दिए । उनले सामाजिक भत्ता बढाउन पनि माग गरे ।

विस्तृत यहाँ हेर्नुहाेस्:

Published On:  732पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार