दार्जिलिङमा पनि किरातहरुले उभौली धुमधामसँग मनाए

Facebook Debugger

दार्जिलिङ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा बसोबास गर्ने किराती समुदायले उभौली चाड धुमधामसँग मनाएका छन् । शनिबार दार्जिलिङको स्थानीय टाइगर हिलस्थित माङखिम (कुलघर)मा पूजा गर्दै उभौली चाड धुमधामसँग मनाएका हुन् ।

दार्जिलिङस्थित माङखिम परिसर चौरस्तामा किराती खम्बु राई साँस्कृतिक संस्थान केन्द्रीय समितिको आयोजनामा उभौली विधिपूर्वक मनाइएको हो । केन्द्रीय समिति पदादिधारीहरूको उपस्थितिमा माङखिममा माङ्गमा अनि माङ्गपाद्वारा पूजा गरेपछि घूम शाखाको सीली टोलीद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

भूटिया बस्ती शाखाद्वारा खाना पकाएर माङ्गखिम परिवार, वरिपरिका मन्दिर दर्शन गर्न आउने भक्तजनहरूलाई खाना समेत प्रदान गरिएको थियो ।

Published On:  422पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार