जेठ २५ देखि चिसंखुगढी ‘अध्यक्षकप’

Facebook Debugger

ओखलढुंगा– चिशंखुगढी गाउँपालिकाले ‘चिशंखुगढी प्रथम अध्यक्षकप’ खुला पालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता–२०७६ आयोजन गर्ने भएको छ । आउँदो जेठ २५ गते खेल आयोजना गर्न लागिएको हो ।
यस अघि जेठ १५ गते गणतन्त्र दिवसका दिन खेल शुरु गर्ने तयारी गरिएको थियो ।


सोही दिन नेकपाका अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएपछि खेलको मिति सारिएको हाे । अब खेल जेठ २५ गते शुरु हुने मूल आयाेजक समितिका संयाेजक नरेन्द्र वस्नेतले बताए । चिशंखुगढी गाउँपालिकास्थित माम्खा माविमा ४ दिनसम्म चल्ने भलिबल खेलमा एउटै गाउँपालिका भित्रको टीम बनाएर जुनसुकै तहमा खेल्ने देशभरका स्थानीय तहका खेलाडीले भाग लिन पाउने चिसंखुगढी प्रथम अध्यक्षकप मूल आयोजक समितिका सदस्य सुधीर कार्कीले बताए ।

यो प्रतियोगिता सरकारी स्तरमा आयोजना गरिएको सबैभन्दा ठूलो राशिको रहेको आयोजकको दावी छ । गैर सरकारी क्षेत्रमा १ लाख ५५ हजारसम्मको पुरस्कार राशिको प्रगियोगिता भए पनि सरकारी स्तरमा हुने खेलमा सबैभन्दा धेरै राशिको चिसंखुगढी अध्यक्ष कप रहेको कार्कीले बताए । भलिबल खेलका लागि विभिन्न १४ विधामा पुरस्कार राखिएको छ । जस अन्तर्गत प्रथम हुने टीमलाई १ लाख ५१ हजार १ सय ११, द्वितीय हुने टीमलाई १ लाख १ हजार १ सय ११, तृतीय हुने टीमलाई ५१ हजार १ सय ११, सान्त्वना हुने टीमलाई २५ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै खेलमा अनुशासित टीम, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ओपन स्पाइकर, उत्कृष्ट क्विक स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, अनुशासित खेलाडी, नव उदीयमान खेलाडीलगायतलाई पनि उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Published On:  253पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार